संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रम (यूएनईपी) का कार्यकारी निर्देशकद्वारा चीनको हरित विकासको प्रशंसा

नैरोबी, २८ फेब्रअुरी । केन्याको नैरोबीमा संयुक्त राष्ट्रसङ्घीय वातावरण सभाको छैटौँ अधिवेशन चलिरहेको छ । सो क्रममा, संयुक्त राष्ट्र वातावरण कार्यक्रमका कार्यकारी निर्देशक इंगर एन्डरसनले चाइना मिडिया गुपपसँगको अन्तर्वार्तामा विश्वव्यापी वातावरणीय व्यवस्थापनका लागि उक्त अधिवेशनको महत्वबारे चर्चा गर्नुभएको छ । साथै उहाँले हरित वातावरण संरक्षणमा चीनको योगदानको पनि सराहना गर्नुभयो ।
कार्यकारी निर्देशक इंगर एन्डरसनले विस्तृत रूपमा यसरी भन्नुभयो, चीन सधैँ संयुक्त राष्ट्र वातावरण कार्यक्रम (यूएनईपी) र बहुपक्षीय वातावरणीय सम्झौताहरूको उत्कृष्ट साझेदार रहँदै आएको छ । चीनले जैविक विविधतामा राम्रा उपलब्धि हासिल गर्दै आएको छ । साथै जलवायु क्षेत्रमा चीनले पनि उल्लेखनीय प्रदर्शन गरेको छ । सन् २०६० अघि कार्बन तटस्थता प्राप्त गर्ने प्रतिज्ञा चीनले गरेको छ र हाल उच्चतम नवीकरणीय ऊर्जा उत्पादन र स्थापित क्षमतामा विश्वमा सबैभन्दा ठूलो देश हो ।
कार्यकारी निर्देशक एन्डरसनले चीनसँग सम्बन्धित धेरै परियोजनाबाट आफू प्रभावित भएको बताउनुभयो । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले “स्वच्छ पानी र हरित पहाडहरू अमूल्य सम्पत्ति हुन्छ भन्नुभएको छ, जुन कथन धेरै काव्यात्मक र सत्य छ र यो लक्ष्य सबैले सम्बन्धित गर्न सक्ने भन्ने विचार पनि उहाँले राख्नुभयो ।
यस वर्षको संयुक्त राष्ट्रसंघीय वातावरण सभाको नारा “जलवायु परिवर्तन, जैविक विविधताको ¥हास र प्रदूषणको सामना गर्दा प्रभावकारी, समावेशी र दिगो बहुपक्षीय काय” भन्ने रहेको छ । संयुक्त राष्ट्रसङ्घका १८२ सदस्य राष्ट्रका हजारौँ प्रतिनिधिले यस अधिवेशनमा भाग लिएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर