युवा स्वरोजगार कोष र आरएसडिसीबिच सम्झौता

बुटवल । विगत एक दशक भन्दा अघिदेखी वेरोजगार युवाहरुलाई स्वरोजगार मूलक व्यवसायिक परियोजना सञ्चालनको लागि वित्तिय सहयोग गर्दै आएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष र नेपाल राष्ट्र बैंकद्वारा “घ” वर्गमा वर्गिकृत आरएसडिसी लघुवित्त वित्तीय संस्थाले सहकारी संस्था तथा खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरुलाई थोक कर्जा प्रवाह मार्फत रोजगारी सिर्जना गराई आत्मनिर्भर बनाउनको लागि उल्लेख्य योगदान गर्दै आएका छन् ।
कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र आरएसडिसी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ध्रुव कुमार पौडल बिच हालै एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भयो ।
हस्ताक्षरको क्रममा आरएसडिसी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ध्रुव कुमार पौडेलले वित्तीय संस्थाले सहकारी संस्थाहरु मार्फत थोक कर्जा प्रवाह गरि रोजगारी सृजना गर्न सघाउ पुग्ने धारणा राखेका थिए भने कोषले निर्धारण गरेको लक्षित वर्गका वेरोजगार युवाहरु तथा विदेशबाट सीप आर्जन गरेर स्वदेश फर्केका निम्न वर्गिय परिवारका युवाहरुलाई स्वरोजगार बनाई आत्मनिर्भर अर्थतन्त्र बनाउन यस सम्झौताले सघाउ पु¥याउने कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी गराए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर