भैरहवा । जनता प्रगतिशील पार्टी नेपालले स्थानीय निर्वाचनमा एक्लै लड्ने भएको छ । आज भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष हृदेश त्रिपाठीले कुनै पनि पर्टि सँग गठबन्धन नगरि एक्लै चुनावमा भिड्ने बताएका हुन् ।
उनले कुनै पनि पार्टीमा वैचारिक वहन नभएको र विगत देखि नेपाली राजनीतिको केन्द्रविन्दुको रुपमा राष्ट्रवाद रहेको तर देशभक्तिले खासै चर्चा नपाएको बताए ।
राष्ट्रपति, प्रधानमन्त्री, संघीय निर्वाचनका सांसदलाई विभिन्न अभियोग लगाए हटाउन सकिने व्यवस्था भएपनि स्थानीय निर्वाचनबाट चुनिएका जनप्रतिनिधीलाई कुनै अभियोग लगाएर हटाउने व्यवस्था नभएकोले दलिय आधारमा निर्वाचन हुन नहुने धारणा व्यक्त गरे ।
मुलुकमा निर्यातमुखी व्यापार नभएर आयातकेन्द्रित भएकोले अहिले अर्थतन्त्र संकटमा परेकोले दलहरुले समयमै विचार नपु¥याए देश दुर्घटनामा पर्ने अध्यक्ष त्रिपाठीले बताए ।
देशका अधिकांश राजनैतिक दलहरुले समाजका विविध वर्गलाई आफ्नो आधारभूत वर्गको रुपमा अंगालेको देखिन्छ । केही सर्वहाराको प्रतिनिधित्वको दावी गर्छन् । कोही सहरीया मध्यमवर्गको प्रतिनिधि पात्रको रुपमा उपस्थित छन् । आधुनिक नेपाली राज्य स्थापना भएदेखि देशको कुल जनसंख्याको ६५ प्रतिशत भन्दा बढी किसानको हकहितको प्रतिनिधीत्व पाइँदैन । किसानलाई इमान्दार करदाता र भलादमी मतदाताको रुपमा दल र राज्यले लिएको छ त्रिपाठीले भने ।