समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध : ओली

नेपालगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पुर्याउने बताएका छन् ।

नेकपा एमाले, बाँकेले नेपालगञ्जमा बिहीबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध रहेको बताए । अहिले मुलुकको अर्थतन्त्र सङ्कटमा परेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले लगानी गर्ने पूँजी नभएकाले लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न नसक्ने बताए । उनले सरकारले जनमैत्री कार्यक्रम गर्नुपर्ने धारणा राखे ।

अध्यक्ष ओलीले हालै बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र रु एक÷एक लाखका दरले आर्थिक सहायता उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर