बुटवल । राष्ट्रिय जनमोर्चा समन्वय समिति सैनामैना नगरको भेला शनिबार मुर्गियामा सम्पन्न भएको छ ।
भेला राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष नर बहादुर थापाको प्रमुख आतिथ्यता, जिल्ला सदस्य मोतिराज न्यौपानेको आतिथ्यतामा सम्पन्न भएको हो ।
भेलाले भीम बहादुर कुँवरको अध्यक्षतामा ९ जना सदस्य र ४ सल्लाकार गरी १३ सदस्य रहेको समिति चयन गरेको छ। जसको उपाध्यक्षमा मोतिराज न्यौपाने, सचिवमा अर्जुन शर्मा, सह सचिवमा समीर विक, कोषाध्यक्षमा रमा जिसी, सदस्य हरुमा रमानाथ आचार्य, डोलराज गैरे रहनु भएको छ भने सल्लाहकारमा नर बहादुर थापा, लक्ष्मी बस्याल र मनिरत्न पौडेल रहनु भएको छ र हाललाई २ सदस्य र एक सल्लाहकार रिक्त राखिएको छ ।
साथै भेलाले सैनामैना नगपालिकाको स्थानीय निर्वाचनका लागि भीम बहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन परिचालन समिति, र अर्जुन शर्माको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ।
भेला अध्यक्ष भीम बहादुर कुँवरको अध्यक्षता, अर्जुन शर्माको सञ्चालन र लक्ष्मी बस्यालको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।