नेकपा एमाले राप्रपा र जसपाका उम्मेदवारलाई जिताउन ३ दलिय संयन्त्र

भैरहवा, २ कार्तिक । रुपन्देही जिल्लाको क्षेत्र नं ३ क मा राप्रपा, र जसपाका उम्मेदवारलाई जिताउन ३ दलीय संयन्त्र बनेको छ ।

३ दलिय पार्टी नेताका अनुसार दलका उम्मेदवारलाई जिताउनका लागि उच्च स्तरिय संयन्त्र बनेको हो । नेकपा एमाले, राप्रपा र जसपा आफै पनि क्षेत्र नं ३ मा अरु सत्ता गठबन्धन भन्दा जनमतका हिसाबले २ गुणा अंगाडी भएका दल हुन्, अब कार्ययोजनाका साथ अगाडी बढिने एक नेताले बताए ।

क्षेत्र नं ३ प्रतिनिधी सभा सदस्यका पदका उम्मेदवार दिपक बोहरालाई जिताउन, क्षेत्र नं ३ क प्रदेश सभा सदस्यका उम्मेदवार जसपाका नेता महेन्द्र यादवलाई जिताउन, क्षेत्र नं ३ ख मा नेकपा एमालेका नेता तथा प्रदेश सभा सदस्यका उम्मेदवार तुल्सीप्रसाद चौधरीलाई जिताउनका लागि प्रदेश क को ३ दलिय संयन्त्र बनेको राप्रपाका जिल्ला उपाध्यक्ष अजय गुप्ताले बताए ।

३ दलिय संयन्त्र ३ सदस्यीय बनेको छ । जसमा जसपाका जिल्ला उपाध्यक्ष सियाराम यादव संयोजक, राप्रपाका जिल्ला उपाध्यक्ष सदस्य र नेकपा एमालेका जिल्ला कमिटी सदस्य सोहन थारु सदस्य रहेका छन् । क्षेत्र नं ३ क का तीन दलिय संयन्त्रका संयोजक सियाराम यादवले अब संयन्त्रले आवश्यकता अनुसार संगठन बिस्तार गर्ने, संगठनलाई पूर्णरुपमा परिचालन गर्ने बताए ।

हामी ३ दलका नेता छौँ हाम्रा उम्मेदवारलाई विजयी बनाउन जनवर्गिय सगठन परिचालन गर्ने देखि बिभिन्न तरिकाले हामी काम गछौँ यादवले भने । हामी गहन ढंगले हाम्रा कामलाई अंगाडी बढाउँदै हाम्रा संगठनलाई पूर्णरुपमा परिचालन गरि अत्यधिक बहुमतका साथ हाम्रा उम्मेदवारले चुनाव जित्ने गरि संगठनलाई अब पूर्ण परिचालन गर्छौ ।

यहि मंसिर ४ गते हुन लागेको प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यको चुनावमा नेकपा एमाले, राप्रपा र जसपाले आफ्ना उम्मेदवारलाई जिताउन छलफल, बैठक तथा वडा कार्यालयलाई परिचालन गरिरहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर